सातौँ निर्वाचन दिवस मनाइँदै ः एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने आयोगको तयारी

सातौँ निर्वाचन दिवस मनाइँदै ः एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने आयोगको तयारी

काठमाण्डाै – आज सातौँ निर्वाचन दिवस मनाइँदैछ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । साथै आयोगले निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षमा अग्रसर हुने प्रतिबद्धता पनि जनाएको छ ।

सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देशमार्फत् निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिनुभएको छ ।

विसं २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भइ बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउन लागिएको हो । यसैवर्ष गएको वैशाख ३० गते पालिकाको र मङि्सर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव एकै चरणमा भएको थियाे । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij