तिलोत्तमा,
तिलोत्तमा नगरपालिका वडा नं तीन ले बृद्ध बृद्धा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले तिलोत्तमा नगरपालिकालाई बिकसित शहर र सामाजिक उत्तरदायित्व पूर्ण समाजको रुपमा बिकसित गर्दै लैजाने बताउनुभयो। उहाँले समाज बिकसित हुने होडमा परिवारका ज्येष्ठ नागरिकको अपहेलना गर्ने गरेको बृद्ध बृद्धाको उचित स्याहार सुसार नगरेको भन्दै आगामी दिनमा नगरपालिकाले बृद्ध बृद्धाको सम्मानको लागि हरपल साथ रहने बताउनुभयो। सो अवसरमा नगरपालिका का उप प्रमुख एवं बिशिष्ट अतिथि जागेश्वरी देवी चौधरीले कार्यक्रमको प्रसंशा गर्दै परिवार नैतिकवान् हुन आबश्यक रहेको बताउनुभयो बृद्ध बृद्धाको उचित स्याहार सुसार नैतिकवान् छोराछोरीले मात्रै गर्न सक्ने उहाँको धारणा थियो।
वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडामा रहेका बिभिन्न राजनीतिक दलका नेताहरु , वडाका बाह्रवटै टोल बिकास संथाका अध्यक्षहरु , वडामा रहेका चारवटा आमा समूहहरु लगायतको सहभागिता रहेको थियो। सो अबसरमा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्नुकासाथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो साथै पोशिलो खाना र च्यवनप्रास पनि प्रदान गरिएको थियो।
वडा नं तीन का सचिव गोकुल गिरीको संचालनमा भएको कार्यक्रममा वडाका ७१ जना असी बर्ष माथिका ज्येष्ठ नागरिकहरुको सम्मान गरिएको वडा कार्यालयका कर्मचारी मेनका तिवारीले जानकारी दिनुभयो।
प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्