अवैध उत्खननमा प्रयोग गरिएकाे आराेपमा एक दर्जनबढी सवारीसाधन प्रहरी नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग गरिएकाे आराेपमा एक दर्जनबढी सवारीसाधन प्रहरी नियन्त्रणमा

बुटवल
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको आराेपमा रूपन्देहीमा प्रहरीले एक दर्जनबढी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ९ ट्र्याक्टर, ३ वटा जेसीबी र १ टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

जिल्लाकाे देवदह नगरपालिका, ओमसतिया, रोहिणी र सुद्धोधन गाउँपालिकाबाट बिहीबार नियन्त्रणमा लिइएका ती सवारी साधनहरुलाई २ लाख ६८ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन बढेपछि रुपन्देही प्रहरीले विशेष निगरानी टोली खटाएको थियो

प्रकाशित मिति : बिहिबार, फाल्गुन ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij