बुटवल
नेपाल मगर संघ बुटवलले ४१ औं मगर दिवस बिविध कार्यक्रम गरि मनाउने भएको छ ।
मगर दिवसकै अवसरमा संघले आज बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रम बारे जानकारी गराएको हो ।
स्थापना दिवसको अवसरमा संघले फागुन १३ गते अपाङ्ग आश्रममा फलफुल तथा खद्यान्न वितरण र १५ गते भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने नगर अध्यक्ष ।
बसन्ती साठीघरेले जानकारी दिइन् ।
संघले फागुन १५ गते सार्वजनिक विदा दिन माग समेत गरेको छ ।
संघकी अध्यक्ष बसन्ती साठीघरेले फागुन १५ मा सार्वजनिक विदा, लखन थापालाई राष्ट्रिय विभुति, मगर समुदायको भाषा,संस्कृति संरक्षणमा उचित वजेट र आई.एल.ओ.१६९ लगायत अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग समेत गरिन् ।
मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रितिरिवाज मात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्य स्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको अध्यक्ष साठीघरेले बताइन् ।
संघका प्रदेश सदस्य गोपाल चौहानले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष लुमबहादुर सारु मगरले आदिवासी जनजातीमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेका गुनासो गरे ।
२०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक विदा माग गर्दै आएको संघका सचिव हेमन्त बुढाथोकीले बताए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्