आज मगर स्थापना दिवस, मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा बिदा

आज मगर स्थापना दिवस, मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा बिदा

काठमाण्डाै – आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् ।

दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घले विश्वास लिएको छ।

दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा आज सार्वजनिक बिदा दिइएको छ।बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको छ। बाग्लुङको निसीखोला गाउँपालिकाको आज बिदा दिएको छ । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वका आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij