भैरहवा उडेको श्री एअरलाइन्सको जहाजमा आगो लागेको सङ्केत देखिएपछि काठमाण्डौ फर्काइयो

भैरहवा उडेको श्री एअरलाइन्सको जहाजमा आगो लागेको सङ्केत देखिएपछि काठमाण्डौ फर्काइयो

काठमाण्डाै – काठमाण्डौबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि काठमाण्डौ नै फर्काइएको छ ।

बिहान साढे ९ बजे उडेको उडान नम्बर ८२१ जहाजमा ‘फायर वार्निङ’ को सङ्केत देखिएपछि त्रिभुवन विमानस्थलमा नै फर्काएर सकुशल अवतरण गराइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जहाज उडेको केहीबेरमै इन्जिनमा आगो लागेको सङ्केत देखिएको थियो ।

यो सङ्केत देखिएपछि जाहाजलाई काठमाण्डौमै फर्काइएको उहाँले बताउनुभयो । जहाजमा ७६ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । उनीहरु सबै सकुशल छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij