काठमाण्डाै,
सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएका छन् । आउँदाे वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको हो ।
बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्नेछन् ।
यस्तै, प्रदेश सरकार र पालिकाले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैङ्किङ तथा बीमा सम्बन्धी कारोबार पनि बिदाका दिन हुनेछन् ।
अस्पताल, दुरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेसमेट), अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ । तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् ।
२०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्