बुटवल,
रुपन्देहीको सियारी स्थित लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ ।
आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत मात्रै प्राप्त गरिन् ।
त्यस्तै सचिवमा मुकेश नाउँ,कोषाध्यक्षमा बिजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन मुराउ,सरिता मल्लाह,दिपेन्दद्र थारु र आशिष जैसवाल बिजयी भएकाे नेसविंघ रुपन्देही सभापति शम्सेर खड्काले जानकारी दिए । उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भएपनि १६६ मत खसेको हो ।
प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्