काठमाडौँ,
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर थप १०६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८१ पीसीआर र १ हजार ३ सय २ एन्टिजेन गरी कुल १ हजार ८ सय ८३ जनाको परीक्षण गर्दा ऊक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
पीसीआरतर्फ ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।
हाल संस्थागत आइसोलेसनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् । यसअघि बिहीबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्