सदस्यताको निर्णय पुनर्विचार गर्ने सहमतिपछि पत्रकार महासंघ रुपन्देहीमा लगाइएको ताला खुल्यो

सदस्यताको निर्णय पुनर्विचार गर्ने सहमतिपछि पत्रकार महासंघ रुपन्देहीमा लगाइएको ताला खुल्यो

बुटवल

नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ सदस्यता सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ ।

महासंघले नयाँ सदस्यका लागि शुद्धिकरण मापदण्डविपरित, पूर्वागहीपूर्ण र स्वेच्छाचारि ढंगले सिफारिश गरेको भन्दै प्रेस चौतारी रुपन्देहीले त्यसलाई सच्याउन माग गर्दै एक साताअघि तालाबन्दी गरेको थियो । महासघले नयाँ सदस्यताको निर्णयमा कमजोरी भएको स्वीकार्दै सच्याउन सहमत भएपछि प्रेस चौतारीले महासंघमा लगाएको ताला खोलेको हो ।

महासंघका पदाधिकारी र प्रेस चौतारीका पदाधिकारीसहित शनिबार भएको छलफलमा महासंघ सदस्यता पुनर्विचार गरी सच्याउने र प्रेस चौतारीले उठाएका माग संबोधन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिए ।

महासंघको यही साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गर्दै लुम्बिनी प्रदेश समितिमा पठाएको थियो । प्रदेश समितिले पनि त्यसमा पुनर्विचार गर्न भन्दै जिल्लालाई नै फिर्ता पठाएको थियो ।

प्रकाशित मिति : शनिबार, साउन २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij