पाल्पा
डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला रहेकी छन् ।
उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।
एकसाताअघि डेंगु संक्रमण पुष्टी भए पनि घरमै आराम गर्दै आएकी ती महिला ब्यथाले च्यापेपछि आइतबार उपचारका लागि मिसन अस्पतालमा गएकी थिइन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।
निजी स्वास्थ्य संस्था समेतमा किट रहेको र परीक्षण गर्दा डेंगी भेटिएको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयमा रगत परीक्षण गराउँदा ४५ जनामा डेंगी पोजिटिभ देखिएको डा. गिरीले बताए ।
डेंगी संक्रमणबाट यसबर्ष देहभर १० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : सोमबार, साउन २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्