काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज मङ्गलवार बिहान ५ बजेर २० मिनेटमा खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ बजेर २० मिनेटदेखि सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–६ काे कालीखोलामा पहिरो खसेसँगै सडकमा गाडी आउजाउ राेकिएकाे थियो । बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । यस सडक खण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्