काठमाण्डाै
बालुवाटारकाे सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा चार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार सरकारी वकिल कार्यालयले काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे । पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेकाे हाे । यस्तै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता भएकाे छ ।
त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले सरकारी किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरे पनि सरकरी वकिल कार्यालयले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरेको हो ।
प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्