पाल्पा दुर्घटना अपडेट : मृतक तीन जनाकै सनाखत

पाल्पा दुर्घटना अपडेट : मृतक तीन जनाकै सनाखत

पाल्पा : बुधबार बिहान पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु हुने तीन जनाकै सनाखत भएको छ।

 

 

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। गुल्मीको तम्घासबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको भाडाको जीप (स्कारपियो) रिडी–तानसेन सडकखण्डको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा माथिबाट खसेको सुख्खा पहिरोले बिहान साढे आठ बजे च्यापिएको थियो।

घाइते सात जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रनाउ थापाले बताए।  शव पोष्टमार्टमको लागि पाल्पा अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij