नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा कँडेल मनोनित

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा कँडेल मनोनित

 

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित भएका छन् ।

 

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेललाई मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य कँडेललाई सहकारी विभागको जिम्मेवारी दिइएको हो ।

 

यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए भने गत भदौमा १५ मा १५ विभाग थपेका थिए ।

 

जसमा पुष्पा भुसालले महिला, चीनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, योगेन्द्र चौधरीले थारू, गेहेन्द्र गिरीले जेष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, डा। रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनले आदिवासी जनजाति, नानु बाँस्तोलाले जिल्ला सम्पर्क समिति समन्वय, रंगमती शाहीले पिछडिएको क्षेत्र, बरालले आपूर्ति तथा उपभोक्ता समन्वय र मदनकृष्ण श्रेष्ठले अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी पाएका थिए ।

 

कांग्रेसमा ७० विभाग रहे पनि देउवाले अहिलेसम्म १७ विभाग प्रमुख मात्र तोकेका छन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij