पाल्पामा टिप्पर दुर्घटना हुँदा तिलोत्तमाका २ जनाको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना हुँदा तिलोत्तमाका २ जनाको मृत्यु

 

बुटवल । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि रुपन्देही तिलोत्तमाका २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा पाल्पा माथागढी ५ आर्थोकघाट स्थित रहबास (खैरेनी भित्रि कच्चि सडक खण्डमा देवदहको खैरेनीबाट जिल्ला पाल्पा माथागढी स्थित घामिका ढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिप्पर दुर्घटना हुदाँ चालक रुपन्देही तिलोत्तमा १६ का २४ वर्षीय प्रदिप कुमाल र सोही स्थानका सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना आएसँगै प्रहरी चौकी माथागढीबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य सुरु गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए

प्रकाशित मिति : सोमबार, फाल्गुन ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij