न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिकाे निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिकाे निर्देशन

काठमाडौँ,१९ चैत ।
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकले निगमलाई उक्त निर्देशन दिएको हो ।

समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए । उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए ।

न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा जवाफ पेस गर्न पनि उनलेे आग्रह गरे ।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए । उनले दुई हप्ता भित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए ।

उनले भने,‘अबको दुई हप्ता अर्थात् १५ दिनभित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी छैन । परिस्थिति यस्तो हुन गयो । त्यो लजिक र भ्यालिड हुन गयो भने समिति त्यही अनुरूप जान्छ । दुवैको निर्णय कुन परिस्थिति र किन भयो । त्यसका पछि केके कारण छ । अर्को व्यावसायिक योजना बनाउनु भएको छ । त्यसका विषयमा जानकारहरू नै समितिमा राखेर छलफल गर्नुपर्छ । अबको १५ दिनभित्र समितिले माननीयहरू तोक्छौँ । त्यो जुन भ्रष्टाचारजन्य कार्य भएको छैन भनी पुष्टि हुने प्रमाण सहित पेस गरिदिनु पर्‍यो ।’

युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको उनलेे बताए ।

प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij