काठमाण्डाै – सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ वटा उजुरी परेका छन् । सिंहदरबारमा आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले उजुरीबारेको जानकारी दिनुभएको हो ।
जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार पाँच सय दुई वटा उजुरी परेको छ । आयाेगका सचिव सापकाेटाले अछाम र कपिलवस्तुमा चार हजार वटाभन्दा बढी उजुरी परेको र तीन हजार वटाभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार वटाभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनुभयो । एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेका उहाँकाे भनाइ छ ।
आयोगका सचिव उदयराज सापकोटाले उजुरी भन्दा पनि घटनाका विषयलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले सामान्य प्रकृतिका उजुरी बढिरहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार दुई सय ६८ उजुरी तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, बैशाख २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्