बुटवल -बुद्धजयन्ती (स्वायाँ पुन्ही )को अवसरमा पद्म चैत्य विहार बुटवल १ को आयोजनामा बिहीबार विशेष कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख पाण्डेले भगवान गौतम बुद्ध शान्तिका प्रतीक भएकाले सदैव शान्तिको मार्गमा हिँड्नुपर्ने बताए । उनले विहार बुटवलको लागि गौरवको रूपमा रहेको बताउँदै विहारको विकासका लागि सधै प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले यस विहारले विभित्र समयमा महत्त्वपूर्ण कार्यक्रम गरेकोमा प्रशंसा व्यक्त गरिन् । उनले विहारको विकासका लागि सबै लाग्नुपर्ने बताइन् ।
कार्यक्रम बिहान ४ बजेबाटै सुरू भएको थियो । बिहान ४ बजे प्रभात फेरी गरिएको अध्यक्ष सुरेशरत्न बज्राचार्यले बताए । साथै बोधी वृक्षमा जलसिञ्चन गरिएको , ६ बजे शीलप्रार्थना , बुद्ध पूजा गरिएको थियो । कार्यक्रममा धर्मदेशना , दानप्रदान र पद्म चैत्य डाइरेक्ट्रीको समेत विमोचन गरिएको हो । दिउँसो १ बजे परित्राण पाठ तथा धर्मदेशना र दिउँसो ३ बजे भगवान बुद्धको प्रतिमा रथारोहण गरी नगर परिक्रमा गराइएको अध्यक्ष बज्राचार्यले बताए । भने साँझ प्रसाद वितरण गरी कार्यक्रमको समापन गरिएको वरिष्ठ उपाध्यक्ष पदमलाल शाक्यले बताए ।
। विहारमा गत ६ गतेबाट बुद्ध जयन्तीको अवसरमा दैनिक विविध कार्यक्रम भएको उपाध्यक्ष विनोद कुमार शाक्यले बताए । भने बुद्ध जयन्ती र अन्य समयमा विशेष कार्यक्रम हुँदै आएको विहारका महासचिव दिपक बहादुर शाक्यले बताए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्