गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बुटवल

पूर्व–पश्चिम राजमार्गस्थित बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आज पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र–०१–०२९च.९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ह. ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको ईप्रका गोरुसिंगे जनाएको छ ।

गाउँबाट अटो रिजर्भ गरेर सामाजिक सुरक्षा भत्ता लिन गोरुसिंगेस्थित लक्ष्मी सनराइज बैंक गइरहेका बेला बैंक नजिक ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ईप्रका, गोरुसिंगेका निरीक्षक वीरबहादुर सुनारले बताए ।

दुर्घटनामा अटो चालक ५७ वर्षे लोकबहादुर कुँवर, विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । चारै जनाको उपचार बुटवलमा भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij