लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक,मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक,मुख्यमन्त्री आचार्य

बुटवल,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित जनजागृति माध्यमिक विद्यालय ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामूदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समीक्षा गर्नुपर्ने बताएका हुन् । उनले नतिजा खस्कनुको पछाडीको कारण खोज्नुपर्ने, त्यसका लागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न आग्रह गरे ।‘लुम्बिनी प्रदेशको गत वर्षको एसईईको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ’उनले भने,‘गत वर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद भुसालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij