नवलपुर
नेपाल प्रेस युनियनको आयोजनामा ’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश र युनियनका गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठकले आगामी चैत्र २६ गतेदेखि बैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने निर्णय गरेको हो । नेपाल युनियन गण्डकी प्रदेश कार्यसमितिको व्यवस्थापनमा हुने समिटको उद्घाटन जनआन्दोलन दिवस चैत्र २६ गते काठमाडौंमा हुने अध्यक्ष नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले बताए ।
त्यसपछि २७ गते गण्डकी प्रदेशको भारतीय नाका पूर्वी नवलपरासीको त्रिवेणी हँुदै पाल्पाको रामपुर, स्याङ्जा हुँदै पोखरा पुग्ने छ । पोखरामा गण्डकी प्रदेशको पर्यटनको बारेमा छलफल गर्ने कार्यक्रम छ । लुम्लेमा नेपालको मिडिया क्षेत्रको सम्भावना र चुनौतीबारेमा कार्यपत्र प्रस्तुत हुने छ । मुस्ताङको जोमसोममा जलवायु परिवर्तनको बारेमा कार्यपत्र प्रस्तुत गरेर बैशाख १ गते लोमान्थाङ पुगेर अन्तर्राष्ट्रिय समिटको घोषणा–पत्र जारी गर्ने योजना रहेको नेपाल प्रेश युनियन नवलपुरका अध्यक्ष खजराज सापकोटाले बताए ।
६ दिनसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लाको यात्रा गर्दै निस्कने टोलीमा करिब २ सय जनाले भाग लिने अनुमान छ । यात्रामा अन्तर्राष्ट्रिय पत्रकार महासंघसँग आबद्ध विभिन्न २० देशका पत्रकार, नेपालका अग्रज पत्रकार, युनियन केन्द्रीय कार्यसमिति, विभिन्न शाखा समेतका पदाधिकारी, सदस्य, अन्य संघसंगठनका पत्रकार गरी २ सयको सहभागिता हुनेछ ।
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्