बुटवलमा बेलबिवाह तथा बालकहरुको क्येटा पुजा ब्रतबन्ध शुरु

बुटवलमा बेलबिवाह तथा बालकहरुको क्येटा पुजा ब्रतबन्ध शुरु

बुटवल,  बुटवलमा नेवाः सेवा समितिको १५ औं सृङ्खलाकारुपमा नेवास् कन्याहरुको सामुहिक ईहि यज्ञ बेलबिवाह तथा बालकहरुको क्येटा पुजा ब्रतबन्ध शुरु भएको छ । नेवाः सेवा समितिले विगत १५ वर्षदेखि लगातार आयोजना गर्दै आएको नेवाः परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसंग बिवाह र कर्म चलाउने प्रारम्भीक प्रक्रिया अनुरुपको बालकहरुको क्येटा पूजा आजबाट सुरु भएको हो ।

नेवार पण्डित हरिशरण राजोपाध्यायले आईतबार औपचारिक रुपमा विधिवत पुजापाठ गरि ईहि पूजाको शुरु गरे । सो अवसरमा बोल्दै उनले नेवार समुदायमा महत्वपुर्ण मानिएको ईहि यज्ञ गराएर कन्याहरुलाई धार्मिक, सास्कृतिक मान्यता अनुसार ज्ञानहरु दिईएको बताए । परिवारबीच बोलिचालीको क्रममा नेवारी भाषालाई प्राथमिकता दिन उनले समुदायलाई सुझाव दिँदै नया पिँढीलाई संस्कृति सिकाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले यस क्षेत्रमा छरिएर रहेका नेवार समुदायहरुलाई एकतावद्ध गरि भाषा, संस्कृति र संस्कार जर्गेना हुने गरि कार्यक्रम गर्दै आएको बताए । समुहमा गर्दा आर्थिक रुपमा सहज हुनुका साथै एक आपसमा परिचय हुने हुदा पनि सामुहिक कार्यक्रमको महत्व रहेको उनले बताए ।

ईहि यज्ञ र क्येटा पुजापछि जीवन पद्धतीको नयाँ चरण शुरु हुने भएकाले पनि यी पूजाहरुको महत्व रहेको समितिका सचिव सारदा श्रेष्ठले बताईन् ।

दुई दिनसम्म चल्ने कार्यक्रममा रुपन्देहीसहित काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट ५१ कन्या, १५ बटुकहरु सहभागी भएको कार्यक्रम संयोजक लिला प्रसाद श्रेष्ठले जानकारी दिए । पूजा सुरुहुनजु पूर्व ूथानीय भुपूसैनिक हलबाट निकालिएको प्रभातफेरी देविनगर नेवाः भवन भएर कालिकानगर होराईजन चोक हुदै भुपुसैनिकमै पुगेर पूजामा परिणत भएको महिला संयोजक लिला ध्वजुले बताईन ।

प्रकाशित मिति : आइतबार, माघ २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij