पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा , पाल्पामा बुधबार दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका- २ का ३१ वर्षीय सुनिल गरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको माथागढी गाउँपालिकापा-५ सुर्काबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढु‌ङ्गा लिएर खैरेनीतर्फ आउँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना भएको हो । टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको, उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीलेजनाएको छ।

प्रकाशित मिति : बुधबार, माघ २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij