बुटवल , रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लागु औषध नियन्त्रण ब्यूरोले जिल्लाको सिद्धार्थनगर, भैरहवा र तिलोत्तमा बाट लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ्ग गजुरी गाउँपालिका वडा नं। ८ का ३३ वर्षिय दिपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुन बहादुर तामाङ, ३१ वर्षिय नक्कल बहादुर तामाङ, ४१ वर्षिय प्रेमलाल तामाङ तथा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ४ आदर्शनगरका २५ वर्षिय जिबन मल्लाह रहेका छन् ।
त्यसैगरि प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं।१४ का २३ वर्षिय दिलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नं। १ का ३८ वर्षिय जिवनाथ पाण्डेलाई पनि पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं। ४ र वडा नं। ८ तथा तिलोत्तमा नगरपालिका वडा नं। १५ मा लागु औषध कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले २० किलो ७९ ग्राम चरेस, २१ किलो गाँजा र लागु औषध पोल्याण्ड जस्तो देखिने ८४ ग्राम धुलो पदार्थ सहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई लागु औषध ओसार पसार तथा बेचबिखन मुद्दामा कारबाही हुने तथा थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्