मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाण्डौ ,  देशैभरका मगर समुदायले आज ४३ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ ।

मगर बाहुल्य रहेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का विभिन्न ठाउँमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।

विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो ।

दिवसको अवसरमा लुम्बिनी,गण्डकी प्रदेशका विभिन्न जिल्लासहित मगर बाहुल्य भएका विभिन्न स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij