आज तराईमा होली मनाइदै: तराइका जिल्लाहरुमा सार्वजनिक विदा

आज तराईमा होली मनाइदै: तराइका जिल्लाहरुमा सार्वजनिक विदा

तिलोत्तमा, रङ्गहरूको पर्व होली आज तराई र मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो ।

आज रुपन्देही ,झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्तापश्चिम , कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।

 

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वमा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ ।

सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रंग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

“असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको किंवदन्ती छ।

होलिको दिन आज सवारीका साधनहरू कम चलेका छन्, बिहान भने सडक सुनसान बनेको छ।

होलीमा सुनसान सडक

 

 

होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij