मर्चवारी गाउँपालिकामा आगलागी:पांच कठ्ठा मा लगाएको गहुँ जलेर नष्ट

मर्चवारी गाउँपालिकामा आगलागी:पांच कठ्ठा मा लगाएको गहुँ जलेर नष्ट

भैरहवा, रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित इस्लामपुरमा आगलागी भएको छ । बुधबार दिउँसो भएको आगलागीबाट पाँचकठ्ठा गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

 

प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिए । प्रहरी निरीक्षक साउदका अनुसार मर्चवारी गाउँपालिका–३ का सन्तराम मौर्य, मन्तराम यादव, बलिराम यादव, जयप्रकाश बरई, नन्द पासी र रवि पासीको खेतमा आगोले गहुँबाली क्षति भएको छ ।

 

आगो लागेपछि समयमा दमकल नआउँदा स्थानीले स्थानीयले स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेको स्थानीय युवा गोपाल मौर्यले बताए । उनले भने–‘आगो लागेको हल्ला सुनेपछि गाउँबाट मानिसहरु खेतमा दोडी हरियो हाँगासहितको स्थानीय स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेका हुन् ।’

मर्चवारमा बारुणयन्त्र ९दमकल० छैन । आगलागिपछि भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रका दमकलकै भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष लुम्बिनी प्रदेश सरकारले वारुणयन्त्रको लागि बजेट बिनियोजन गरे पनि हालसम्म बारुणयन्त्र खरिद हुन सकेको छैन । अहिले मर्चवारमा दमकल नहुँदा लिएर स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरुको चर्को आलोचना भइरहेको छ ।

 

प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij