तिलोत्तमा ,रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा बालबालिकाका लागि तीन दिने उद्घोषण तालिमा शुरु भएको छ । जानकीनगर आमा समूहले उक्त तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै तिलोत्तमा वडा नं तीनका वडाध्यक्ष कल्याण प्रसाद पौडेलले जानकीनगर आमा समूहले स्थापना कालदेखीनै छोटो समयमा धेरै उल्लेखनीय कार्य गर्दै आएको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले वडामा रहेका अन्य समूह भन्दा पृथक ढंगबाट यो समूहले कार्य गरिरहेको भन्दै आगामी दिनमा पनि समाजमा उदाहरणीय कार्य गर्दै अगाडी बढ्न आग्रह गनुभएको थियो । सो अबसरमा उहाँले तालिममा सहभागि बिद्यार्थिहरुलाई छोटो समयमै भएपनि धेरै कुरा सिक्न र सिकेको सीप आफ्नो जीवनमा प्रयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा जानकीनगर बालसमूहका अध्यक्ष विवेक पाण्डे, जानकीनगर टोल विकास संस्थाका अध्यक्ष बिष्णु बहादुर पौडेल क्षेत्री, समूहका सल्लाहकार कालिका रेग्मी अधिकारी लगाएतले तालिमको सफलताको शुभकामना दिनुभयो .
जानकीनगर आमा समूहका कार्यबाहक अध्यक्ष गिता रानाको अध्यक्षतामा भएको तालिमको स्वागत समूहका सदस्य रञ्जना मराशिनी ज्ञवालीको स्वागत तथा समूहकाकोषाध्यक्ष निर्मला अर्यालको संचालनमा सम्पन्न भएको हो । तीस जना सहभागि तालिमको सहजीकरण समूहका सचिव कल्पना शर्माले गर्नुभएको हो । आज
बाट शुूूूरु भएको तालिम २१ गते समापन हुने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्