घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी

घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी

तिलोत्तमा, घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संस्थागत क्षमता अभिवृद्धिका लागि व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनका अभ्यास गराइएको थियो ।

गोष्ठीमा देशको सन्तुलित विकाश, रोजगारी अभिवृद्धि, वित्त सञ्चालन, स्थानीय कच्चा पदार्थको सदुपयोग, आयात प्रतिस्थापन लगायतमा योगदान दिँदै आएका घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न महासंघलाई थप सशक्त बनाइने निष्कर्ष निकालिएको थियो ।

 

संघका जिल्ला कार्यसमिति अध्यक्ष टंकनाथ अधिकारीको सभापतित्व एवम् लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित २ दिने गोष्ठीका अवसरमा योगाभ्यास सहित मित्रमिलन, सहकार्य, संस्थागत सबलता लगायतका अभ्यास सञ्चालन गरिएको वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक देवानन्द पाण्डेले जानकारी दिनुभयो ।

 

महासंघका केन्द्रिय उपाध्यक्ष नेत्रप्रसाद पाठक, केन्द्रिय सदस्यहरूः कन्हैयालाल कसौधन, बसन्त रोका क्षेत्री, प्रदेश कोषाध्यक्ष माया खनाल, पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धिताल लगायतको उपस्थितिमा गोष्ठी सञ्चालन गरिएको थियो ।

 

गोष्ठीका क्रममा महासंका पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले घरेलु तथा साना उद्योग महासंघको परिचय र नेपालमा उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

त्यस्तै उपप्राध्यापक एवम् प्रशिक्षक मुक्तिनाथ गैह्रेले व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनबारे सहजीकरण गर्नुभएको थियो भने दुर्गाबहादुर पोखरेलले योगाभ्यास गराउनुभएको महासचिव थानेश्वर चापागाईले जानकारी दिनुभयो ।

सहभागीले आफ्नो उद्योगका साथै समग्र महासंघको कुशल व्यवस्थापन र योजना कार्यान्वयनका लागि गोष्ठीले सीपसहित ऊर्जा थपेको भन्दै जिल्ला कार्यसमितिप्रति आभार व्यक्त गरेका थिए ।

पाल्पाको भैरवस्थानमा आयोजित गोष्ठीमा संघको लुम्बिनी प्रदेशका पदाधिकारी सहित रूपन्देही जिल्ला कार्यसमिति र सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह लगायत पालिकास्तरमा क्रियाशील समितिका पदाधिकारीको प्रतिनिधिमूलक गरी ३६ जनाको सहभागिता रहेको महासंघका जिल्ला सदस्य ऋषि भण्डारीले बताउनुभयो ।

सो अवसरमा महासंघ जिल्ला कार्यसमितिले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij