पाल्पा, पूर्वी पाल्पाको रामपुर नगरपालिका –३ ओइरीघाटस्थित भित्री कच्ची सडक खण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।
सोही स्थानको लाम्टाङ भन्ने ठाउँबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरका चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ठाडा घाइते भएका थिए । घाइते ठाडालाई स्थानीयले उद्धार गरी उपचारको लागि रामपुर अस्पताल पठाए पनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
नयाँ वर्षको नाममा मादक पदार्थ सेवन र लागूपदार्थ सेवनको कारण दुर्घटना हुन सक्ने भएकोले ठाउँठाउँमा सवारी चेकजाँच र प्रहरी गस्ती बढाएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्