काठमाण्डौ , काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।
नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो भूकम्प बिहान चार बजेर पाँच मिनेटमा गएको हो । भूकम्पको सामान्य धक्का महसूस गरिएको हो ।
यसअघि गएको चैत २१ गते जाजरकोटको पैंक केन्द्रविन्दु बनाएर पाँच दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पका कारण केही घरमा क्षति पुगेको थियो ।
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्