भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते

भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते

लमही ,लमही–कोइलावास सडकखण्डको चिसापानी नजिकै भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते भएका छन्। युपी ३२ एम एन ९५६६ नम्बरको भारतीय यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय गढवाले स्थानीयको सहयोगमा घाइतेहरूको उद्दार गरेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई गढवा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत भारतको तुलसीपुरस्थित स्वास्थ्य केन्द्रतर्फ रिफर गरिएको छ।

बस लखनउबाट पोखरातर्फ जाँदै थियो। बसमा सवार यात्रुहरु भारतीय सेनाका परिजन रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गम्भीर घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि भारततर्फ लैजाने तयारी भइरहेको गढवा प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। तीव्र गतिमा आएको बस मोडमा सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij