दैनिक ७ सय देखि ८ सयभन्दा बढीलाई निश्कासन गर्दै पाकिस्तान

दैनिक ७ सय देखि ८ सयभन्दा बढीलाई निश्कासन गर्दै पाकिस्तान

काठमाडौं : पाकिस्तानले ठूलो संख्यामा शरण लिइरहेका अफगानी नागरिकहरुलाई निश्कासित गरेको छ।

संयुक्त राष्ट्र संघका अनुसार यो अप्रिल महिनामा मात्रै पाकिस्तानले १८ हजार ५ सय अफगानीलाई निष्कासित गरेको छ। अप्रिल ३० सम्म फर्किसक्न उर्दी जारी गरेको पाकिस्तानले दैनिक ७ सय देखि ८ सयभन्दा बढीलाई निश्कासन गरिरहेको अफगानिस्तानको तालिबान सरकारका अधिकारीले जनाएका छन्।

यसअघि ८० हजारभन्दा बढी अफगानीले पाकिस्तान छोडिसकेका छन्। यसरी निष्काशित हुनेमा पाकिस्तानमा अनुमति लिएर बसिरहेका र अवैध रुपमा बसिरहेका दुवै थरी छन्। अफगानिस्तानमा लामो समयदेखि जारी अस्थिरताका कारण ३५ लाखभन्दा बढीले पाकिस्तानमा शरण लिँदै आएको संयुक्त राष्ट्र संघीय शरणर्थी एजेन्सीले जनाएको छ।

सन् २०२१ मा तालिबान सत्तामा आएपछि थप ७ लाख अफगानी विस्थापित भएका थिए। आगामी महिना पाकिस्तानले २० लाखभन्दा बढी अफगानीलाई देश निकाला गर्ने सम्भावना रहेको तालिबानी अधिकारीले जनाएका छन्।

यसबारे कुरा गर्न पाकिस्तानी विदेशमन्त्री इशाक डार अफगानिस्तान पुगेका छन्। जहाँ अफगानी अधिकारीहरुले आफ्ना नागरिकलाई निष्काशन गर्न लागिएकोमा चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij