शिक्षक आन्दोलन : आज १९ औं दिन पनि शिक्षकहरू सडकमै

शिक्षक आन्दोलन : आज १९ औं दिन पनि शिक्षकहरू सडकमै

शिक्षक सडक प्रदर्शन जारी काठमाडौँ, १ वैशाखः काठमाडौँको माइतीघर मण्डलामा सोमबार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित प्रदर्शनमा । १३ दिनदेखि मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । तस्बिरः विमलबहादुर बिष्ट÷रासस

काठमाडौं
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले सोमबार पनि प्रदायक जारी राखेका छन् ।

बिगत १९ दिनदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरूले साेमबार पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

सरकारले संसदको आगामी अधिवेशनबाट विधेयक जारी गर्ने प्रतिबद्धता जनाएको छ । तर विगतमा पटकपटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै उनीहरु विश्वस्त हुन सकेका छैनन् ।

शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने शिक्षकहरूको अडान कायमै छ । सरकारले वैशाख १२ गतेदेखि संसद् अधिवेशन बोलाउँदैछ। यही अधिवेशनबाट विधेयक जारी हुने सरकारी तयारी छ ।

सरकारले आन्दोलन अन्त्य गर्न अपिल गरिरहँदा शिक्षकहरु ऐन जारी भएको दिन मात्र आन्दोलन रोक्ने अडानमा अडिएका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij