जनप्रतिनिधिहरु र पोषणसम्बद्ध सरोकारवालाहरुको बीचमा पोषण सम्बन्धी अन्तरक्रिया

जनप्रतिनिधिहरु र पोषणसम्बद्ध सरोकारवालाहरुको बीचमा पोषण सम्बन्धी अन्तरक्रिया

तिलोत्तमा  तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरु र पोषणसम्बद्ध सरोकारवालाहरुको बीचमा पोषण सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कुपोषणबाट बालबालिकामा पर्ने असरबारे जानकारी गराउने उद्देश्यले तिलोत्तमा नगरपालिकाको आयोजना तथा सेतो गुँरासको संयोजन र व्यवस्थापनमा पोषणको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बालबालिका र गर्भवती महिलामा पोषणको अन्तर सम्बन्ध हुने र विषादीरहित खाद्य तथा पोषण, रैथाने खाना, स्वस्थकर खानपान, मातृ तथा नवजात शिशु पोषणलगायत विषयमा आधारित रहेर सबै अभिभावक परिवार र स्वास्थ्यकर्मीहरुले सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा सहभागी सरोकारवालाहरुले नगरभित्र उत्पादित पोषणयुक्त खानेकुरा, तरकारी, फलफुल तथा खाद्यान्नको प्रयोगले नियमित खानपानमा सहि समय र सहि खाना भएमा मात्र कुपोषणको शिकार हुन बाट नागरिक बच्ने बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij