बुटवल-नारायणगढ सडक अन्तरगत विनयी खोलमा आजदेखि पक्कीपुल सञ्चालन

बुटवल-नारायणगढ सडक अन्तरगत विनयी खोलमा आजदेखि पक्कीपुल सञ्चालन

 

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किबासको विनयी खोलामा पक्की पुल सञ्चालनमा आएको छ । आजबाट नयाँ पक्की पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । पुलमा क्षति भएपछि सडक डिभिजन कार्यालय भरतपुरले अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन संचालनमा ल्याएको थिय

तर, वर्षासँगै आएको बाढीले नौ पटक डाइभर्सन बगाएको थियो । “नयाँ पुलको निर्माण नहुन्जेलसम्म वैकल्पिक मार्गबाट सुरक्षित यात्रा गर्न यस डिभिजनमार्फत सूचना जारी गरिएको थियो,” डिभिजन कार्यालय भरतपुरले भनेको छ, “बिहीबारदेखि भर्खरै निर्माण सम्पन्न भएको नवनिर्मित पुलबाट सवारी आवागमन संचालनमा आउनेछ ।” विनय खोलाले अघिल्लो साता यात्रु सवार बससमेत बगाएको थियो

प्रकाशित मिति : बिहिबार, असार १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij