एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बुटवलमा भएको परिषद बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा भट्टराई अधिकारीलाई चयन गरिएको छ । ९ सदस्यीय कार्यसमितिमा २ जना सदस्य कार्यसमिति बैठकले मनोनयन गर्नेछ । सोही परिषद बैठकले नवनिर्वाचित कार्यसमितिका संयोजक भण्डारी र सचिव रेग्मीलाई प्रदेश प्रतिनीधिमा चयन गरिएको छ ।
समुहका संयोजक कविन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा पूर्व केन्द्रीय महासचिव करुण खनाल, सल्लाहकार पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडे, बार काउन्सिलका पूर्व काउन्सिलर अधिवक्ता बाबुराम पाण्डे, बुटवल बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख जीवनारायण अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, असार २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij