मोटरसाइकलको ठक्करबाट नवलपुरमा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकलको ठक्करबाट नवलपुरमा एकको मृत्यु, एक गम्भीर घाइते

नवलपुर – नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३, भूपती चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराती एक महिलाको ज्यान गएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।

गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग–७–प–२७२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ३५ बर्षिया इन्दिरा कोईराला र ३० वर्षीया शोभा सिग्देल लाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी इन्दिरा कोईरालाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने शोभा सिग्देलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल चालक हुप्सेकोट–२ का ३५ वर्षीय निशानसिंह ठकुरी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij