कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा

कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा

बुटवल । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरु मँगलबारदेखि रुपन्देहीमा जम्मा भएका छन् । पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरु रुपन्देही आएका हुन् । बाँकी सांसदहरु पनि आज रुपन्देही आएर रविलाई भेट्दै छन् ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर रास्वपाले रुपन्देही आएको रास्वपा सांसदहरु आजै रुपन्देहीमा संसदीय दलको बैठक समेत बस्दै छन् । संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा हुने पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पार्टीका सांसदहरु आज र भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् । संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने कार्यक्रम रहेको छ । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।

रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : बुधबार, साउन १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij