लगातारको वर्षाले सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम: बुटवल–पाल्पा सडक बन्द

लगातारको वर्षाले सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम: बुटवल–पाल्पा सडक बन्द

file photo

बुटवल, साउन १९ — बुटवल–पाल्पा सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। लगातारको वर्षाका कारण पहिरो खस्ने उच्च जोखिम देखिएपछि सडक बन्द गरिएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार हिजोदेखि नै परेको अविरल वर्षाले सिद्धबाबा क्षेत्र आसपासमा स–साना पहिरो खस्न थालेका छन्। यसै कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरी कार्यालयले बुटवलबाट पाल्पातर्फ जान चाहने सवारी साधनलाई गोलपार्कमै रोकेको जनाएको छ।

“सडकमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षा सावधानीस्वरूप आवागमन रोकिएको हो,” ट्राफिक कार्यालयका एक अधिकृतले जानकारी दिए।

सिद्धबाबा सडकखण्ड भूस्खलनका कारण नियमित रूपमा प्रभावित हुँदै आएको क्षेत्र हो। हाल सडक खुलाउने प्रयास सुरु गरिएको जनाइएको छ। यात्रुहरूलाई आवश्यक जानकारीका लागि स्थानीय ट्राफिक कार्यालयको सम्पर्कमा रहन पनि आग्रह गरिएको छ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij