काठमाडौं , सााफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले शुक्रबार घरेलु टिम भुटानविरुद्ध २–१ को पुनरागमन जित हात पारेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गलशालामा सहारा लिम्बूले गरेको दुई गोलको सहयोगमा नेपालले जित हात पारेको हो।
नेपालले मध्यान्तरपछि दुई गोल गरेर जित प्राप्त गर्यो। खेलको ५८ औँ मिनेटमा डिबक्सबाहिरबाट सहारा लिम्बूले गोल गरी नेपाललाई खेलमा फर्काएकी थिइन्। सो गोलमा भुटानी गोलकिपरको पनि गल्ती रह्यो।
खेलका ७६ औँ मिनेटमा सहाराले डिबक्सबाहिरबाटै सशक्त प्रहारमार्फत अर्को गोल गरेर नेपाललाई अग्रता दिलाइन्। सोही गोल निर्णायक साबित भयो।
यससघि खेलको ४२ औँ मिनेटमा कुन्डेम सोनामा सेगलले कर्नरको उपयोग गर्ने क्रममा सशक्त हेड गोल गरेपछि भुटानले अग्रता बनाएको थियो। यस जितसँगै पहिलो खेलमा भारतसँग ७–० ले हारेको नेपालले बाँकी खेलका लागि आफ्नो मनोबल राम्रो बनाएको छ।
नेपालले यस जितसँगै दुई खेलबाट तीन अङ्क प्राप्त गरेको छ । शुक्रबारै भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई २–० ले हराएर लगातार दोस्रो जित प्राप्त गरेको थियो। भारत छ अङ्कका साथ शीर्ष स्थानमा छ।
प्रकाशित मिति : शनिबार, भाद्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्