काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। यसअघि अनिश्चितकालका लागि बन्द भएको विमानस्थल पुनः खुलेको हो।
‘विषम परिस्थितिका कारण भदौ २४ देखि बन्द हवाइ उडानलाई आज मिति भदौ २५ मा बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’
हवाइ उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई विमानस्थलमा आउजाउ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचनामा भनेको छ
यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि प्राधिकरणको विमानस्थल कार्यालयले सूचनामा भनेको छ
प्रकाशित मिति : बुधबार, भाद्र २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्