काठमाडौँ , आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। यद्यपि आज चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ।
सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि छ। यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि सोमबार सम्पन्न हुँदैछ।
विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन गर्ने चलन छ।आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर ९जमरा० कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गर्छन्।
कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान पुराणहरूमा पाइन्छ। यो दिन रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको छ ।
भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला गरेको पुराणमा उल्लेख छ। वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ।
कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ।
प्रकाशित मिति : सोमबार, असोज २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्