मारिएका युवाको विषयमाआयोगले छानबिन गर्ने र तोडफोड र आगजनी गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने : कांग्रेस

मारिएका युवाको विषयमाआयोगले छानबिन गर्ने र तोडफोड र आगजनी गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने : कांग्रेस

काठमाडौँ , नेपाली काँग्रेसले भदौ २४ गते भएको भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

२३ गते मारिएका युवाको विषयमा भने आयोगले छानबिन गरी टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा सबै नेताहरूले समान धारणा राखेको बताए। उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाए।

बैठकमा नेताहरूबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेको महतले उल्लेख गरे बैठकमा केही नेताहरू बोल्न बाँकी रहेकाले फेरि भोलि छलफल हुने बताए।

महतले भने, ‘२४ गते अराजकता‚ आगजनी र लुटपाट भयो। निजी सम्पत्तिमाथि आक्रमण भयो‚ हाम्रा पार्टी सभापति लगायतका नेताहरूमाथि आक्रमण भयो। विशिष्ट संरचना सिंहदरवार‚ संसद् र सर्वोच्च अदालतमा आक्रमण भयो। तिनलाई तत्काल कारबाही गर्नुपर्छ भन्ने विषयमा समान धारणा छ। २३ गते युवा मारिएकोमा चिन्ता व्यक्त गरेका छौँ। त्यसमा आयोगले छानबिन गरी टुंगो लगाउला। गृहमन्त्रीले कारबाही नगरे देशमा अशान्ति र असुरक्षा बढ्छ।

जेनजी आन्दोलनका वेला भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij