नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा बुझ्न पुग्नेहरुको संख्या बढ्यो

नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा बुझ्न पुग्नेहरुको संख्या बढ्यो

काठमाण्डौ – आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दो छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नयाँ दल दर्ताको लागि प्रक्रिया बुझ्न आउनेको संख्या धेरै छ, तर अहिलेसम्म तीन वटा मात्रै फाइल प्राप्त भएका छन् । नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरुको कागजात बुझ्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईका अनुसार सबै प्रक्रिया पुगेपछि दल दर्ताको प्रमाणपत्र दिइनेछ ।

मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहन्छ । तर फागुन २१ गते हुने चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मङ्सिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको छ ।

कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका दलले चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । दल दर्ताको लागि आयोगले यसअघि नै सार्वजानिक आह्वान गरिसकेको छ । उहाँका अनुसार एक सय २२ दलहरू पहिले नै दर्ता भइसकेका छन् । कागजात पूरा भए दल दर्ता प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ ।

नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाण र अरु कानूनी कागजात आवश्यक पर्छ । यसैबीच आयोगले राजनीतिक दलहरूसँग छलफलको लागि तयारी अगाडी बढाएको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा भोलि बिहीवार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ ।

संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व भएका दललाई पहिलो चरणमा छलफलका लागि बोलाएको र त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै जाने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, असोज २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij