राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

 

धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

कञ्चनपुरको भिमदत्तनगरपालिका- ८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए । त्यस्तै इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ । सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई विमानस्थलमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले श्रद्धाञ्जली दिएका थिए। नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्‍याइएको शव परिवारलाई बुझाइएको थियो। इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ

प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij