कपिलवस्तुमा नेपाल -भारत सिमा क्षेत्रमा सुन चाँदी सहित एकजना ब्यक्ति पक्राउ

कपिलवस्तुमा नेपाल -भारत सिमा क्षेत्रमा सुन चाँदी सहित एकजना ब्यक्ति पक्राउ

कपिलवस्तु , नेपाल–भारत सीमाक्षेत्र खुनुवामा शंकास्पद धातु तथा ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। भारततर्फबाट नेपाल प्रवेश गर्न लागेका डिएल १ सी एएच ३८२७ नम्बरको एर्टिगा कारलाई खुनुवा सीमा नजिकै बिहान करिब ७ः४० बजे एसएसबी टोलीले रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा गाडीभित्र रहेको झोलामा पहेँलो र सेतो धातुका वस्तु फेला परेपछि झोला मालिकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने व्यक्ति रूपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ५० वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन्। उनलाई एसएसबी खुनुवा क्याम्प र स्थानीय प्रहरी चौकीले संयुक्त रूपमा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा झोलामा भेटिएको सेतो धातुको तौल ५ किलो ९५ ग्राम रहेको र त्यसलाई चाँदीको रूपमा पहिचान गरिएको छ। त्यस्तै, पहेँलो धातुको तौल ५७।१४ ग्राम रहेको र सो धातु सुन हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ।

घिमिरेसँग भारतीय रुपैयाँ ५०० दरका ७५९ नोट र २०० दरका ४ नोट गरी जम्मा ३ लाख ८० हजार ३ सय रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उक्त कार नयाँ दिल्लीको लाजपत नगर–सेक्टर जे–२२ निवासी गुणनिधि शर्माका छोरा राज शर्माको नाममा दर्ता गरिएको र घिमिरे आफ्नी बहिनीको घर बुटवल जाँदै गरेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij