पाल्पाको रैनादेवी छहरामा इभी दुर्घटनामा मृत्यु भएका तिनै जनाको सनाखत

पाल्पाको रैनादेवी छहरामा इभी दुर्घटनामा मृत्यु भएका तिनै जनाको सनाखत

बुटवल – पाल्पाको रैनादेवी छहरामा बुधबार दिउँसो भएको इभी दुर्घटनामा मृत्यु भएका तिनै जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी इभीका चालक रैनादेवी छहरा–४, अमलावासका ३१ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा–१, सिद्धेश्वर घर भई छहरा अमलावास बस्ने मुक्तबहादुर बुढाथोकी र रैनादेवी छहरा–४, छहरा मेहलढापका रामबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको दुर्घटनाग्रस्त इभी गाडीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले रहेका छन् ।

बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा उक्त इभी रैनादेवी छहरा–४, छहरा बोखर नजिकै दुर्घटनामा हुँदा सडकदेखि तल खोल्सामा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले दुर्घटनाको कारण अझैसम्म नखुलेको र घटनाबारे थप अनुसन्धान सुरु भएको बताए ।

प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij