दाउन्ने सडक अझै एकतर्फी, घण्टौंसम्म यात्रुहरु बीच बाटोमै अलपत्र

दाउन्ने सडक अझै एकतर्फी, घण्टौंसम्म यात्रुहरु बीच बाटोमै अलपत्र

बुटवल । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा अझै पनि सडक सहज भएको छैन । वर्षा रोकिए पनि सडक हिलो हुँदा र बिग्रिएका सवारीसाधनका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

हरेक दिन दाउन्ने सडक खण्ड पार गर्न ४/५ घण्टा लाग्ने गरेको छ । स्थानीय प्रशासनले दाउन्नेमा सडक चिप्लो र जाम लामो भएकाले यो खण्ड भएर चल्ने सवारी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले सडक एकतर्फी मात्र सुचारु रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो,उकालो तथा सवारी साधन बिग्रिएको कारणले सवारी साधन आवगमनमा असहज भएको कारणले दुवै तर्फ चल्ने सवारी साधनको चाप रहेको र बाटो एक तर्फी संचालनमा रहेको हुनाले बैकल्पिक मार्गको प्रयोग गर्नु हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गर्दछौं ।

प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij